weather 4

काठमाडौं, मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ। हाल देशभर मनसुनी वायुको प्रभावसँगै भारतको मध्यप्रदेशको उत्तरपश्चिम र आसपास रहेको न्यूनचापीय प्रणालीको असर देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

weather 4

यसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्णतया बदली छ भने बाँकी क्षेत्रमा आंशिकदेखि साधारण बदली रहेको छ। लुम्बिनी, कर्णाली, र सुदूरपश्चिमका केही स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्णतया बदली रहनुका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। लुम्बिनी, कर्णाली, र सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।

रातिको समयमा पनि सुदूरपश्चिम प्रदेशमा साधारणदेखि पूर्णतया बदली रहनेछ भने अन्य प्रदेशहरूमा आंशिकदेखि साधारण बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाले बाढी, पहिरो, भूक्षय लगायतका प्रकोपबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *