araniko higway 1 6

काठमाडौँ, हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ।

araniko higway 1 6

मौसम पूर्वानुमान महाशाखाका अनुसार, आइतबार देशभर आंशिकदेखि साधारणतया बदली रहला। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा, साथै कोशी, बागमती, कर्णाली, र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा पनि हुन सक्छ।

सोमबार पनि देशभर साधारणतया बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा, साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *