काठमाडौँ, देशभर मनसुनी वायुको प्रभाव जारी छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा सामान्यतया भन्दा केही उत्तरतर्फ रहेको छ। यसका कारण हाल देशभर आंशिकदेखि सामान्य बदलीको स्थिति छ। मधेस, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका केही स्थानहरूमा, साथै अन्य प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा, र अन्य प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि रहेको छ।
आज राति पनि देशभर आंशिकदेखि सामान्य बदलीको स्थिति कायम रहनेछ। कोशी, गण्डकी, र लुम्बिनी प्रदेशका केही स्थानहरूमा, साथै अन्य प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। कोशी, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।
महाशाखाले कोशी, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावनालाई ध्यानमा राखी गेग्रान बहाव, बाढी, पहिरो, र भूक्षयजस्ता प्रकोपको जोखिमबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।