काठमाडौं, हाल देशभर मनसुनी वायुको प्रभाव देखिएको छ, जसमा भारतको मध्य उत्तर प्रदेशको आसपास रहेको न्यून चापीय प्रणालीले थप असर गरेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, देशभरका धेरैजसो भागमा आंशिकदेखि साधारण बदली रहेको छ भने केही स्थानहरूमा वर्षाको सम्भावना रहेको छ।
शनिबार कोशी, मधेस, बागमती, र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ। साथै, यी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
मौसम महाशाखाले भारी वर्षा हुने क्षेत्रहरूमा बाढी, पहिरो, र भू-क्षयजस्ता जोखिमहरूबारे सतर्क रहन अपिल गरेको छ। आइतबार पनि यस्तै मौसम रहने अनुमान गरिएको छ।
विशेषगरी कोशी प्रदेशको तराई क्षेत्रमा हावाहुरीको पनि सम्भावना रहेकाले सतर्क रहन अनुरोध गरिएको छ।