Massive fire at ski resort hotel in Turkey 76 dead more than 50 injured

काठमाडौं, उत्तरपश्चिम टर्कीको एक स्की रिसोर्ट होटलमा भिषण आगलागी हुँदा ७६ जनाको ज्यान गएको छ भने ५० भन्दा बढी व्यक्ति घाइते भएका छन्।

Massive fire at ski resort hotel in Turkey 76 dead more than 50 injured

बोलु प्रान्तको कार्तलकायामा रहेको १२ तले ग्राण्ड कार्तल होटलको चौथो तलामा रहेको रेष्टुरेन्टबाट आगलागी सुरु भएको थियो। घटनाको समयमा होटलमा २३४ पाहुना थिए।

आगो लागेपछि धेरै मानिस आत्तिएर होटलबाट हामफाल्दा दुई जनाको मृत्यु भएको थियो। अन्यको ज्यान धुँवामा निसास्सिएर गएको बताइएको छ। आगलागीले होटल धुँवामै भरिएको हुँदा धेरैलाई बाहिर निस्कन कठिन भएको थियो। स्थानीय मिडियाका अनुसार, आगो लाग्दा चेतावनीको साइरन बजेको थिएन।

टर्कीका गृहमन्त्री अलि येरलिकायाले घटनास्थलको निरीक्षणपछि ७६ जनाको मृत्यु र कम्तिमा ५० जना घाइते भएको पुष्टि गरेका छन्। उनले यो घटनाबाट सरकार गहिरो दुःखमा रहेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *