Manchester Citys unbeaten run continued as Haaland scored twice in a 2 1 win against Brenford

काठमाडौँ, एर्लिङ हालान्डको दुई गोलको मद्दतले म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा आफ्नो अपराजित यात्रा कायमै राखेको छ। शनिबार राति इत्तिहाद स्टेडियममा भएको खेलमा सिटीले ब्रेनफोर्डलाई २–१ ले पराजित गर्‍यो।

Manchester Citys unbeaten run continued as Haaland scored twice in a 2 1 win against Brenford

खेल सुरु भएको २३ सेकेन्डमै ब्रेनफोर्डका योगेन विसाले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाए पनि, यो अग्रता दीर्घकालसम्म टिक्न सकेन। म्यानचेस्टर सिटीले हालान्डको दुई गोलको सहारामा खेललाई आफ्नो पक्षमा पार्‍यो।

हालान्डले खेलको १९औँ मिनेटमा पहिलो गोल गर्दै खेललाई बराबरीमा ल्याए। त्यसपछि ३२औँ मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई २–१ को अग्रता दिलाए, जुन खेलको अन्त्यसम्म कायम रह्यो।

यो जितसँगै म्यानचेस्टर सिटीले लिगको शीर्ष स्थानमा आफ्नो स्थान सुरक्षित राख्दै दोस्रो स्थानमा रहेको लिभरपुलसँगको अंक दूरी बढाएको छ। चार खेलमा सिटीले १२ अंक बनाएको छ भने लिभरपुलको ९ अंक छ।

त्यसै राति म्यानचेस्टर युनाइटेडले साउथहेप्टनविरुद्ध ३–० को जित हासिल गर्‍यो। अन्य खेलहरूमा ब्राइटन र एप्सबिच टाउनले गोलरहित बराबरी खेले भने, क्रिस्टल प्यालेस र लेस्टर सिटीले २–२ को बराबरी गरे। फुलहाम र वेस्ट ह्यामले १–१ को बराबरी गर्दा, एस्टोन भिल्लाले एभर्टनविरुद्ध ३–२ को संघर्षपूर्ण जित दर्ता गर्‍यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *