काठमाडौं, महुली लघुवित्त वित्तीय संस्थाले पुस ५ गतेदेखि साधारण सेयर (एफपीओ) निष्कासन गर्ने भएको छ।

कम्पनीले ४ लाख ७५ हजार ४४९ कित्ता एफपीओ जारी गर्न लागेको हो। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार सर्वसाधारणको लागि ३० प्रतिशत सेयर हुनु पर्नेमा हाल १९.६८ प्रतिशत मात्र रहेको कारण एफपीओ जारी गर्न लागिएको कम्पनीले जनाएको छ।
सर्वसाधारणले पुस ९ गतेसम्म आवेदन दिन सक्नेछन्। प्रति सेयर १ सय रुपैयाँको अंकित मूल्यमा एफपीओ जारी हुनेछ। एफपीओका लागि गराइएको रेटिङमा कम्पनीले इक्रा नेपालबाट बीबी माइनस रेटिङ प्राप्त गरेको छ।
मेरोसेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सकिनेछ। बिक्री प्रवन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ।
गत असार मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ २२१ रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी २१ रुपैयाँ ४४ पैसा छ। बजारमा सूचीकृत यस कम्पनीको प्रतिकित्ता सेयर मूल्य हाल १६३३ रुपैयाँ रहेको छ।