काठमाडौँ, शनिबार राति एनफिल्डमा भएको खेलमा लिभरपुलले वर्नमाउथमाथि ३–० को सहज जित निकाल्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ। यो जितसँगै लिभरपुलले जारी लिगका पाँच खेलमा चौथो जित निकालेको हो, जसले उनीहरूलाई १२ अंकसहित अंक तालिकाको पहिलो स्थानमा पुर्याएको छ। म्यानचेष्टर सिटी एक खेल कम खेलेर दोस्रो स्थानमा रहेको छ।

लिभरपुलको जितमा लुइस डियाजले दुई गोल र डार्विन नुनेजले एक गोल गरे। तिनै गोल पहिलो हाफमा भए। पहिलो हाफको २६ औँ मिनेटमा लुइस डियाजले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए। त्यसपछि दुई मिनेटको अन्तरमा डियाजले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे। ३७ औँ मिनेटमा नुनेजले गोल गर्दै लिभरपुललाई ३–० को सहज अग्रता दिलाए।
खेलमा थप गोल हुन नसक्दा लिभरपुलले अंक तालिकामा तीन अंक थपेको छ।
गएराति भएको अर्को खेलमा म्यानचेष्टर युनाइटेड र क्रिस्टल प्यालेसले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।
गएराति भएका अन्य खेलहरूको नतिजा यसप्रकार छ:
- वेष्टह्यामविरुद्ध चेल्सी: ०–३
- एष्टोनभिल्लाविरुद्ध वुल्भ्स: ३–१
- फुलहामविरुद्ध न्यु क्यासल: ३–१
- लेष्टर सिटीविरुद्ध एभर्टन: १–१
- साउथ हेप्टनविरुद्ध एप्सविच टाउन: १–१
- टोटनहमविरुद्ध ब्रेनफोर्ड: ३–१
- क्रिष्टल प्यालेसविरुद्ध म्यानचेष्टर युनाइटेड: ०–०