padam rai

काठमाडौँ, नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री पदम राईको निधन भएको छ। उनी पार्किन्सन रोगका कारण थलिएका थिए। उपचारका क्रममा शनिबार राजधानीको वीर अस्पतालमा उनको मृत्यु भएको छ।

padam rai

भोजपुर षडानन्द नगरपालिका बोया निवासी ५७ वर्षीय राई माओवादी केन्द्रका केन्द्रीय सदस्य थिए। राजनीतिक यात्रामा उनले तत्कालीन एकीकृत नेकपा माओवादी विभाजनपछि मोहन वैद्यको समूहमा आबद्ध भएका थिए। त्यसपछि नेपाल कम्युनिट पार्टीका नेता थिए, उनी पछि पुनः माओवादी केन्द्रमा फर्किएका थिए।

यसैबीच, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राईको निधनले आफूलाई दुखित बनाएको बताएका छन्। फेसबुकमार्फत उनले लेखेका छन्, “पार्किन्सन रोगबाट पीडित पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री पदम राईको निधनले मर्माहत बनाएको छ। उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *