काठमाडौँ, शनिबार राति भएको खेलमा रियल मड्रिडले इस्पानियोललाई ४–१ को फराकिलो स्कोरले हरायो। पहिलो हाफ गोलरहित बराबरीमा समाप्त भएको खेलको सबै गोल दोस्रो हाफमा सम्भव भएका थिए।

खेलको ५४ औं मिनेटमा जोफ्रे क्यारेरासको क्रसमा थिबाउट कोर्टोइसको आत्मघाति गोलले इस्पानियोललाई सुरुवाती अग्रता दिलायो। यद्यपि, यो अग्रता चार मिनेटमै समाप्त भयो। ५८ औं मिनेटमा ड्यानी कार्भाजलले गोल गर्दै रियललाई बराबरीमा ल्याए।
७५ औं मिनेटमा भिनिसियस जुनियरको पासमा रोड्रिगोले गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए। ७८ औं मिनेटमा केलियन एमबाप्पेको पासमा भिनिसियस जुनियरले गोल गर्दा रियलको स्थिति ३–१ बन्यो।
खेलको अन्तिम मिनेटमा एमबाप्पेले पेनाल्टीमा गोल गर्दै रियललाई ४–१ को जित दिलाए।
ला लिगामा रियलले ६ खेलमध्ये ४ जित निकालेर १४ अंकमा तालिकाको दोस्रो स्थानमा छ। बार्सिलोनाले ५ खेलमा १५ अंक जोड्दै शीर्ष स्थानमा छ, जबकि एथलेटिको मड्रिड ११ अंकमा तेस्रो स्थानमा छ।
गएराति अन्य खेलमा भ्यालेन्सियाले जिरोनालाई २–० ले हरायो। ओसासुनाले लस पालमासलाई २–१ ले हरायो, जबकि रियल भल्लाडोलिड र रियल सोसिडाडले गोलरहित बराबरी खेले।