काठमाडौँ, आइतबार राति स्पेनिस ला लिगामा रियल मड्रिडले रियल बेटिसलाई २-० गोल अन्तरले पराजित गरेको छ। रियल मड्रिडका स्टार खेलाडी केलियन एमबाप्पेले दुई गोल गर्दै टीमलाई जित दिलाए।

एमबाप्पेले खेलको ६७ औँ मिनेटमा पहिलो गोल गर्दै रियललाई सुरुआतको अग्रता दिलाए। पछि, ७५ औँ मिनेटमा पेनाल्टीमार्फत दोस्रो गोल गर्दै आफ्नो टिमको जित सुनिश्चित गरे।
त्यसैगरी, गहिरो संघर्षपूर्ण खेलमा ओसासुनाले सेल्टा डि भिगोमाथि ३-२ को जित निकालेको छ। अर्काे खेलमा, डिपोर्टिभ अलाभेसले लस पालमासलाई र जिरोनाले सेभिल्लालाई समान २-० गोल अन्तरले हराए।
गएराति कै अर्को खेलमा गेटाफे र रियल सोसिडाडले गोलरहित बराबरी खेल्दै अंक बाँडे।