झापा, कोशी प्रदेशको नाम खारेजीको माग गर्दै झापाको दमकमा आज केपी ओलीको विरोधमा कालो झण्डा प्रदर्शन गरिएको छ। प्रदर्शनका क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भएपछि ११ जना पहिचानवादी नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेका नेताहरुमा:
१) केदार धिमाल
२) गङ्गा राई शेर्मा
३) मात्रीका धिमाल
४) याम लोरिङ्देन
५) बिक्रम वनेम फागो
६) दिनेश किराती
७) एल बी पालुङ्वा
८) सोम चेम्जोङ
९) बिबेक सुनुवार
१०) तीर्थ खडका
लगायत रहेका छन्।
प्रदर्शनकारीहरूले कोशी प्रदेशको नामले स्थानीय पहिचानलाई मेटाएको भन्दै नाम परिवर्तनको माग गरिरहेका छन्। उनीहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आन्दोलन दबाउने प्रयास गरेको आरोप लगाएका छन्।
प्रहरीले प्रदर्शनको शान्ति भङ्ग गर्ने प्रयास भएकाले केही कार्यकर्तालाई नियन्त्रणमा लिइएको जनाएको छ। पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको बताइएको छ।
आन्दोलनले प्रदेशमा तनाव बढाएको छ भने अन्य स्थानहरूमा पनि प्रदर्शन हुने अनुमान गरिएको छ।
