Jaspa will decide on 67 points and announce a four-month organization building campaignJaspa will decide on 67 points and announce a four-month organization building campaign

काठमाडौँ, जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठकले ६७ बुँदे निर्णय गरेको छ। साउन २७ देखि ३० गतेसम्म बसेको बैठकमा राजबन्दी रिहाई, मुद्दा खारेजी, संघीयता कार्यान्वयन, संविधान संशोधन र निर्वाचन क्षेत्र निर्धारण सम्बन्धमा विभिन्न निर्णय गरिएका छन्।

Jaspa will decide on 67 points and announce a four month organization building campaign

जसपाले आगामी भदौ ९ गते काठमाडौँको काठमाडौँ ब्याङ्क्वेटबाट चार महिने आधारभूत संगठन निर्माण अभियानको घोषणा गर्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष उपेन्द्र यादवले एक कार्यक्रमका बीच उक्त अभियानको उद्घाटन गर्नेछन्।

बैठकमा जसपाले आफ्ना ४१५ केन्द्रीय सदस्यलाई अभियन्ताको रूपमा पालिकाहरूमा संगठन निर्माणका लागि खटाउने र केन्द्रीय कार्यकारिणी समिति सदस्यहरूलाई सो अभियानको अनुगमनकर्ता बनाउने निर्णय गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *