Israel agreed to resume ceasefire talksIsrael agreed to resume ceasefire talks

काठमाडौँ, अमेरिका, कतार, र इजिप्टका मध्यस्थकर्ताहरूको आग्रह र विश्वव्यापी दबाबका कारण, इजरायलले अगष्ट १५ देखि गाजा युद्धविराम वार्ता पुनः सुरु गर्न सहमति जनाएको छ, प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले जनाएको छ।

Untitled design 39

गाजा स्थित हमासको नागरिक सुरक्षा निकायले बिहीबार दुई वटा विद्यालयमा गरिएको इजरायली आक्रमणमा १८ जनाभन्दा बढीको मृत्यु भएको जनाएको छ। नोभेम्बरमा एक हप्ता लामो युद्धविरामपछि, मध्यस्थकर्ताहरूले युद्ध अन्त्य र शान्ति स्थापनाका लागि दोस्रो युद्धविरामको प्रयास गरेका छन्।

तीन देशका नेताहरूले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै युद्धरत पक्षहरूलाई अगस्ट १५ मा दोहा वा कायरोमा पुनः वार्ता गर्न र सम्झौतासँग सम्बन्धित विवरणको प्रभावकारी कार्यान्वयन गर्न अनुरोध गरेका छन्। मध्यस्थकर्ताहरूले सम्झौताका ढाँचाहरू प्रस्तुत गरिसकेको जानकारी दिएर, कार्यान्वयनका लागि सहमतिको विवरणसहित निष्कर्षमा पुग्न बाँकी रहेको बताएका छन्। नेतान्याहुको कार्यालयले इजरायलले अगस्ट १५ मा सम्झौताको कार्यान्वयनको लागि वार्ता टोली पठाउने जानकारी दिएको छ।

गाजा क्षेत्रमा बन्दी बनाइएका व्यक्तिहरूको रिहाइ र सहायता वितरणलगायतका विषयमा चरणबद्ध रूपमा छलफल गर्न युद्धविराम सम्झौतामा ध्यान केन्द्रित गरिने छ। यो युद्धविरामसम्बन्धी छलफल अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रस्तावित ढाँचामा आधारित रहेको बताइएको छ, जुन इजरायली प्रस्तावसँग मेल खान्छ।

नेतन्याहूले सम्झौतामा रोक लगाउने सुझावलाई अस्वीकार गर्दै, इजरायल युद्धविराम वार्ताप्रति सकारात्मक दृष्टिकोण राखिरहेको बताएका छन्। वार्ताको घोषणा हमासको प्रमुख योजनाकार याह्या सिनवारको नियुक्ति पछि आएको हो, जसले हनियाको मृत्युपछि नयाँ नेताको रूपमा कार्यभार सम्हालेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *