काठमाडौँ, राजधानीको कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम हिनामिनाको प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दायर भएको छ।

आइतबार बचतकर्ताले संस्थाको रकममा अनियमितता भएको दाबी गर्दै यो मुद्दा दर्ता गरिएको हो।
गोर्खा मिडियाका तत्कालीन सञ्चालक समिति सदस्य लामिछानेसहित स्वर्णलक्ष्मी सहकारीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, उपाध्यक्ष देवेन्द्रबाबु राई, कोषाध्यक्ष कुमार रम्तेल, सचिव इरान लामा, सहसचिव कविता तामाङ, सदस्य हमेन्त अधिकारी, रविना रिमाल, र पूर्वअध्यक्ष दिपक लामालगायतलाई एक अर्ब १९ करोड ९५ लाख रुपैयाँको अनियमितताको आरोपमा प्रतिवादी बनाइएको छ।