Internet service provider companies announced new plans during the festive season

काठमाडौँ, चाडपर्व नजिकिँदै गर्दा विभिन्न कम्पनीहरूले ग्राहकलाई तान्नका लागि नयाँ योजनाहरू सार्वजनिक गरेका छन्। अर्थतन्त्र सक्रिय हुने यस समयमा, उत्पादन बढाउने उद्देश्यले कम्पनीहरूले विभिन्न अफर ल्याएका छन्। यसमा इन्टरनेट सेवा प्रदायक कम्पनीहरू पनि सामेल छन्। केहीले दसैँको अवसरमा अफर सार्वजनिक गरेका छन् भने केहीले योजना बनाइरहेका छन्।

Internet service provider companies announced new plans during the festive season

वर्ल्डलिंक: दसैँ तिहारको अवसरमा ‘कार्निभल’ योजना ल्याएको छ। यस योजनाअन्तर्गत, बम्पर उपहारको रूपमा ‘नामी’ ब्रान्डको विद्युतीय कार प्रदान गरिने छ। नयाँ प्रयोगकर्ता र नवीकरण गर्ने दुवैले यो योजनामा सहभागिता जनाउन सक्नेछन्, तर केवल खल्तीबाट भुक्तानी गर्ने ग्राहकहरूले मात्र यसमा भाग लिन सक्नेछन्।

शिवम् सिमेन्ट: सामसङ र बोटका विभिन्न सामग्रीमा ३९ प्रतिशतसम्म छुट दिइने जनाएको छ।

क्लासिक टेक: दसैँको अवसरमा ‘तिमीलाई पनि मलाइ पनि’ अफर ल्याएको छ। क्लासिक टेक मोबाइल एपमार्फत रिफर गर्दा, रिफर गर्ने र रिफर मार्फत इन्टरनेट र टिभी जडान गर्ने दुवैले बोनस प्राप्त गर्नेछन्। रिफर गर्ने ग्राहकले ४ महिना इन्टरनेट र टिभी पाउनेछन् भने रिफरमार्फत इन्टरनेट जडान गर्ने ग्राहकले २ महिनासम्मको इन्टरनेट र टिभी बोनस पाउनेछन्। यस योजनामा १२५ एमबीपीएसदेखि ३०० एमबीपीएससम्मको १ वर्षको इन्टरनेट र टिभी जडानमा लागू हुनेछ।

डिशहोम: ‘खुसीको सेलिब्रेसन’ योजना ल्याएको छ जसअन्तर्गत ग्राहकले तीन महिनाको इन्टरनेट बोनस प्राप्त गर्नेछन्। यो अफर २०० एमबीपीएस र ३०० एमबीपीएसका वार्षिक प्याकेजहरूमा लागू हुनेछ।

सुविसु: रिफर अफर ल्याएको छ जसअन्तर्गत, इन्टरनेट जडान गर्ने र रिफर गर्ने दुवैले एक महिना निःशुल्क इन्टरनेट र क्लियर टिभी प्राप्त गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *