काठमाडौँ, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १४ दशमलव ११ अंकले बढेर दुई हजार छ सय २६ दशमलव ३१ को बिन्दुमा पुगेको छ।
आज ३१२ कम्पनीको १ करोड २७ लाख ४६ हजार ४१० कित्ता शेयर ६४ हजार ९१७ पटक खरिदबिक्री हुँदा रु ५ अर्ब २० करोड २२ लाख ६३ हजार ३८ बराबरको कारोबार भएको छ। कुल बजार पुँजीकरण रु ४३ खर्ब ५६ अर्ब ६० करोड ९८ लाख ६४ हजार पुगेको छ।
समूहगत परिसूचकको स्थिति
- वृद्धि भएका समूहहरू:
- विकास बैंक समूह (१.७५%)
- वित्त समूह (१.६२%)
- बैंकिङ (०.७६%)
- होटल तथा पर्यटन (०.९४%)
- जलविद्युत् (०.७१%)
- लगानी (०.९६%)
- जीवन बीमा (०.२८%)
- लघुवित्त (०.९५%)
- म्युचुअल फन्ड (०.११%)
- निर्जीवन बीमा (०.५६%)
- अन्य समूह (०.४९%)
- घटेका समूहहरू:
- उत्पादन तथा प्रशोधन (२.३२%)
- व्यापार समूह (०.४५%)
सर्किट लागेको कम्पनीहरू
आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड र सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। भने, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
सबैभन्दा धेरै कारोबार
जानकी फाइनान्स कम्पनी लिमिटेडले आज रु २० करोड ७ लाख ४२ हजार ६५२ को सबैभन्दा धेरै कारोबार गरेको छ। सेयर सङ्ख्याका आधारमा एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड–२ को १७ लाख ७३ हजार ८१० कित्ता शेयर किनबेच भएको छ।