काठमाडौँ, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले असोजको पहिलो साता केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको छ। बिहीबारको स्थायी समिति बैठकले उक्त निर्णय गरेको हो।

पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार, केन्द्रीय समिति बैठक बोलाउनुअघि प्रदेशस्तरीय संयुक्त परामर्श समितिको बैठकलाई प्राथमिकता दिइएको छ। यसअन्तर्गत, सबै प्रदेशमा केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, जवस/मोर्चाका संयुक्त बैठकहरू राख्ने निर्णय भएको छ।
बैठकको कार्यक्रम यस प्रकार रहेको छ:
- बागमती प्रदेश: भदौ ५ र ६
- विशेष र सम्पर्क समन्वय प्रदेश: भदौ ७ र ८
- गण्डकी प्रदेश: ९ र १०
- सुदूरपश्चिम प्रदेश: १२ र १३
- कर्णाली प्रदेश: १४ र १५
- लुम्बिनी प्रदेश: १६ र १७
- केन्द्रीय आयोग: १८
- मधेस प्रदेश: २२ र २३
- कोशी प्रदेश: २४ र २५
- सल्लाहकार कम्युनिस्ट मञ्च: २९ र ३०
- जवस/मोर्चा: २७ र २८
त्यसपछि भारत, मध्यपूर्व प्रदेश र युरोप अमेरिका प्रदेशका बैठकहरू पनि आयोजना हुनेछन्। प्रवक्ता सापकोटाका अनुसार, स्थायी समिति बैठकले सातै प्रदेशमा संयुक्त परामर्श समितिको बैठकको आयोजना गर्ने निर्णय गरेको छ। बैठकको निर्णय र सुझावका आधारमा असोजको पहिलो साता केन्द्रीय समिति बैठकलाई बोलाउने योजना रहेको छ।