रामेछाप, रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ मा राति करिब १ बजेतिर आएको पहिरोमा परेर ८ जना बेपत्ता भएका छन्। यस घटनामा दुई जनाको शव फेला परेको छ भने एक बालकलाई जिवितै उद्धार गरिएको छ।

रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाका अनुसार पहिरोले गाउँपालिकाको लेकखर्क क्षेत्रमा चार वटा घर बगाएको छ। उद्धार कार्य जारी रहेको छ भने घटनाको थप विवरण आउन बाँकी छ।
यस घटनाले स्थानीय बासिन्दामा ठूलो त्रास उत्पन्न भएको छ र थप पहिरोको जोखिम रहेको हुनाले सुरक्षाकर्मीहरू प्रभावित क्षेत्रमा परिचालन भएका छन्।
