काठमाडौं, मौसम पूर्वानुमान महाशाखाले देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ। यसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी स्थानहरूमा मौसम मुख्यतया सफा छ। तराईका केही भागमा हल्का हुस्सु देखिएको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने अनुमान गरिएको छ। बाँकी भूभागमा मौसम सफा रहनेछ। यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ।
आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी स्थानमा मौसम सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा सम्भावित हल्का वर्षा र हिमपातका कारण कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक र हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने जनाउँदै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
