Former Home Minister Ravi Lamichhane was summoned for a statement today in the co operative abuse case 1

काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गोरखा मिडिया नेटवर्कमा सहकारीबाट लिएको ऋणको जिम्मेवारी लिन आफू बाध्य नहुने स्पष्ट पारेका छन्।

Former Home Minister Ravi Lamichhane was summoned for a statement today in the co operative abuse case 1

शुक्रबार सहकारी बचत अपचलन संसदीय विशेष छानबिन समितिमा बयान दिने क्रममा लामिछानेले आफूले गोरखा मिडिया नेटवर्कमा कुनै पनि आर्थिक लगानी नगरेको र १५ प्रतिशत मात्र ‘स्वेट सेयर’ लिएको बताएका हुन्।

उनले भने, “मैले १५ प्रतिशत स्वेट सेयर लिएको थिएँ। मैले कुनै पैसा लगानी नगरेको कुरा सार्वजनिक रूपमा भनिसकेको छु।”

बयानको क्रममा लामिछानेले आफू कुनै पनि सहकारीको सदस्य नभएको र त्यसकारण सहकारीबाट लिएको ऋणको जिम्मा लिन नसक्ने बताएका छन्। उनले थपे, “म सहकारीको सदस्य हैन र मैले कुनै लोन सहकारीबाट लिएको छैन। म सहकारीबाट मिडियाले लिएको लोनको जिम्मा लिन सक्दिनँ।”

यो विषयलाई लिएर समितिले थप अनुसन्धान गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *