लडाकु हुँ लडिरहन्छु
मुर्ख हुँ पर्खिरहन्छु
बुद्धु हुँ सोचिरहन्छु
पागल हुँ कल्पिरहन्छु
म यस्तो ।
म मुर्ख,
म बुद्धु,
म पागल
जो मेरो चेतमा
चेतनाको बारुत भरिएको छ।
र त
मलाई इतिहास लेख्न खुब मन पर्छ
क्रोधित आँसुको रक्त भेलमा
योद्धा बनी लडिरहन्छु
म मुर्ख, अज्ञानी, अहंकारी छु
आफैलाई सर्वश्रेष्ठ ठान्छु
बाध्य छु, जो अहंकारले भरिएको छु !
प्रेमको लडाइँमा च्यातिन्छ
मेरा खुसी लेखिएका पानाहरु
चुडिन्छन् कयौँ फूलका बगैंचा
र फेरि पलाउछन आशाका मुनाहरु
आफू आफैसँग जित्छु
तर हार्छन् मेरा आदर्शहरु
म व्यर्थ विलउना गर्छु
बाहाना पार्छु र शोक मनाउँछु
मेरो थकित शरीर लाई
ह्र्दयको एक कुनामा बेस्सरी अड्याउछु
र मुटुको बेग्र चाल सुन्छु ।
कोमल मनले झुक्ना भन्छ
म झुकिदिन्छु ।
हो, म यस्तो
बिभेदकारी चेतको बिरोधि सिपाहि ।
फेरी मेरो दिमाख भित्रको विद्रोही
बाछिट्टा ले दगुर्नु भन्छ कुद्नु भन्छ लडनु भन्छ
जो मेरो बसमा नहुनजेल लडिरहन्छु ।
लडेरै चढिन्छ पहाड र टेकिन्छ चुलि
लडेरै तरिन्छ खोला र पुगिन्छ अर्को किनार
जिन्दगी फगत लडाइ न हो लडनै पर्छ
फर्खाई न हो पर्खिनै पर्छ ।