Human metapneumovirus is a common virus ministry clarification

काठमाडौँ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनमा फैलिएको भनिएको ‘मानव मेटाप्न्यूमो भाइरस’ (एचएमपीभी) सामान्य भाइरस भएको जानकारी दिएको छ। मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा फैलिएका भ्रामक प्रचारप्रति ध्यानाकर्षण भएको र हल्लाको पछि नलाग्न अनुरोध गरेको छ।

Human metapneumovirus is a common virus ministry clarification

विज्ञप्तिमा भनिएको छ, “जाडो महिनामा श्वासप्रश्वासजन्य सङ्क्रमणको दर बढ्नु सामान्य हो। मानव मेटाप्न्यूमो भाइरस नयाँ भाइरस होइन, नेपालमा विगतमा पनि देखिएको सामान्य रुघाखोकी उत्पन्न गर्ने भाइरस हो। यसका लागि नेपालमा परीक्षण, निगरानी र प्रतिकार्यका लागि आवश्यक तयारी पुरा गरिएको छ।”

मन्त्रालयले यो भाइरसबाट गम्भीर समस्या देखिने जोखिम कम रहेको र यसको सङ्क्रमण कमजोर प्रतिरक्षा क्षमता भएका व्यक्तिहरू, साना बालबालिका र वृद्ध व्यक्तिहरूमा मात्र हुने सम्भावना रहेको जानकारीसमेत दिएको छ।

अधिकारीहरूले नागरिकलाई स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, अस्पताल र प्रयोगशालाबाट निगरानी र सजगता बढाइएको कुरा पनि जनाएको छ। स्वास्थ्य सुरक्षा मापदण्ड पालन गर्न, मास्क लगाउने, भीडभाडमा नजान र हात धुनका लागि सचेत रहन सबैलाई आग्रह गरिएको छ।

साथै, बिरामीको नजिक नजान, स्वस्थ्य समस्यामा चिकित्सकको सल्लाह लिन र मन्त्रालयको हेल्लो स्वास्थ्य कल सेन्टर १११५ मा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *