काठमाडौं, नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन्।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकको रूपमा नियुक्त गरेको हो।
आजैको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय पनि गरेको थियो। शाक्य यसअघि पनि प्राधिकरणको कार्यकारी निर्देशकको पदमा कार्यरत थिए, तर पछि उनलाई हटाएर कुलमानलाई नियुक्त गरिएको थियो।
शाक्यले प्रसारण लाइनको गुरुयोजना र विद्युत माग प्रक्षेपण लगायतका महत्त्वपूर्ण कार्यमा सक्रिय भूमिका निर्वाह गरेका थिए।
उनले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (MCC)को नेपाल कार्यालयसँग मिलेर प्रसारण लाइनका आयोजना निर्माणमा काम गरेका थिए। उनले MCC का लागि प्रसारण लाइनको योजना तयार गरेका थिए र प्रसारण लाइन व्यवस्थापनका एक प्रमुख विज्ञका रूपमा परिचित छन्।