Heavy rain likely across the country todayHeavy rain likely across the country today

काठमाडौं, देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास छ, जसको कारणले गर्दा देशभर मौसम आंशिकदेखि साधारणतया बदली भएको छ। गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

Untitled design 7

आज दिउँसो, देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, सबै प्रदेशका एक-दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने अनुमान गरिएको छ।

आज राति पनि देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

महाशाखाले सबै प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेकोले, ती क्षेत्रहरूमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो, तथा भूक्षय जस्ता प्रकोपबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *