Untitled design 49

काठमाडौँ, देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सामान्य स्थानको आसपास अवस्थित छ, जसले गर्दा देशभर आंशिकदेखि सामान्य बदली छ। गण्डकी प्रदेशका थोरै स्थानहरू, साथै कोशी र बागमती प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

Untitled design 49

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा, साथै अन्य प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षा पनि हुन सक्छ। मधेस र कोशी प्रदेशको तराईका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।

आज राति, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा, साथै मधेस प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा, साथै अन्य प्रदेशका एक-दुई स्थानमा भारी वर्षा पनि हुनसक्छ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा र मधेस र कोशी प्रदेशको तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेकोले, ती क्षेत्रहरूमा जारि गरिएका प्रकोपको जोखिम वा क्षति (जस्तै, जलबसाव, बाढी, पहिरो र भूक्षय)बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *