Haritalika Teej Festival Today Hindu Women Celebrate By Worshiping Lord Shiva Wish Long Life To Husband And Family Happiness 1

काठमाडौं, भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरूले देवादि देव महादेवको पूजा आराधना गरी मनाउँदैछन्। यो पर्व विशेषगरी महिलाहरूले निराहार व्रत बसी शिव-पार्वतीको पूजा गरेर परिवारको सुख, शान्ति, र कल्याणको कामना गर्ने धार्मिक विश्वासका साथ मनाइन्छ।

Haritalika Teej Festival Today Hindu Women Celebrate By Worshiping Lord Shiva Wish Long Life To Husband And Family Happiness 1

धर्मशास्त्रीय मान्यताअनुसार, सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेवलाई पति प्राप्तिका लागि कठोर तपस्या गरेपछि यो व्रतको सुरुवात भएको थियो। हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसँग विवाह गरिदिन खोजेपछि पार्वतीका साथीहरूले उनलाई सुरक्षित स्थानमा लगेर लुकाएका थिए। त्यहाँ पार्वतीले निराहार व्रत बसी महादेवलाई पति रूपमा प्राप्त गरिन्।

धर्मशास्त्रविद्हरूका अनुसार, यो व्रत पुरुष र महिलाले समान रूपमा गर्नुपर्ने भए पनि, समाजमा प्रायः महिलाले मात्र श्रीमानको दीर्घायुको लागि व्रत गर्ने परम्परा बसेको छ। व्रतको तीन किसिम छ, न्निराहार, जलाहार, र फलाहार। स्वास्थ्यका कारणले गर्दा निराहार व्रत बस्न नसक्नेहरूले जलाहार वा फलाहार व्रत गर्न सक्ने व्यवस्था छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार, तीजको व्रतले परिवारको कल्याण, सन्तान प्राप्ति, र असल वर वा वधु पाउने धार्मिक विश्वासलाई समेटेको छ। उनले भनेका छन्, “स्वास्थ्य ठीक नभए पनि सानो फलाहार गरेर व्रत बस्न सकिन्छ।”

धर्मशास्त्रविद् प्रा. तोयराज नेपालले तीजको व्रतलाई नित्य र काम्य दुवै प्रकारको व्रतका रूपमा व्याख्या गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *