काठमाडौं, सोमबार नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। सुनको मूल्य तोलामा ४ सय रुपैयाँले वृद्धि भएर नयाँ रेकर्ड कायम भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँ पुगेको छ, जुन आइतबारको तुलनामा ४ सय रुपैयाँले बढी हो। आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँ थियो।
यसैबीच, चाँदीको मूल्य भने सोमबार स्थिर रह्यो। आइतबार प्रतितोला १ हजार ९ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।