काठमाडौं, नेपाली बजारमा सोमबार सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन सोमबार तोलाको एक लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार तोलाको एक लाख ४९ हजार ६ सय रुपैयाँ थियो।
त्यसैगरी, चाँदीको भाउ पनि ५ रुपैयाँले बढेर तोलाको एक हजार ७ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार यसको भाउ तोलाको एक हजार ७ सय ९० रुपैयाँ थियो।