The price of gold decreased by Rs 2300 per tola 1

काठमाडौं, अघिल्लो दिन उच्च मूल्य रेकर्ड बनाएको सुन मंगलबार तोलामा ६०० रुपैयाँ घटेको छ।

The price of gold decreased by Rs 2300 per tola 1

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ७०० रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार ३०० रुपैयाँ थियो, जुन हालसम्मकै उच्च रेकर्ड हो।

सुनको मूल्य अमेरिकाको केन्द्रीय बैंकले ब्याजदर घटाउने सम्भावना बारेको चर्चाको प्रभावमा आकासिएको थियो। ब्याजदर घट्दा लगानीकर्ताहरूको ध्यान सुनतिर आकर्षित भएर मागसँगै मूल्य वृद्धि हुने गर्दछ।

त्यसैगरी, चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घटेको छ। अघिल्लो दिन प्रतितोला १९१५ रुपैयाँ रहेको चाँदी अहिले १९०५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *