काठमाडौं, सोमबार घटेको सुनको मूल्यले आज फेरि अहिलेसम्मकै सर्वाधिक महँगो रेकर्ड कायम गरेको छ भने चाँदीको मूल्य पनि बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य प्रतितोला एक लाख ६८ हजार पाँच सय रुपैयाँ पुगेको छ। यसअघि हिजो सुनको मूल्य एक लाख ६७ हजार रुपैयाँ रहेको थियो।
महासंघले जनाएअनुसार, एकै दिनमा सुनको मूल्य १ हजार ५ सय रुपैयाँले वृद्धि भई नयाँ रेकर्ड कायम गरेको हो।
यता, चाँदीको मूल्य पनि बढेर प्रतितोला दुई हजार एक सय पाँच रुपैयाँमा पुगेको छ। हिजो चाँदी प्रतितोला २ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको थियो।