काठमाडौं, काठमाडौंको पिंगलास्थानस्थित बागमती होटलमा एक युवती मृत अवस्थामा फेला परेकी छिन्। अन्दाजी २२/२३ वर्षकी ती युवती बुधबार दिउँसो होटलको कोठा नम्बर ३०८ मा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार, दिउँसो कोठाको ढोका नखुलेपछि स्थानीय जनप्रतिनिधिको उपस्थितिमा ढोका खोलेर हेर्दा युवतीको शव भेटिएको हो। घटनाबारे आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौं, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त गौशालाले संयुक्त रूपमा घटनाको अनुसन्धान सुरु गरेको छ।
मृतकका आफन्तको जाहेरीका आधारमा थप अनुसन्धान प्रक्रिया अघि बढाइएको र घटनाको पृष्ठभूमि पत्ता लगाउन विभिन्न कोणबाट अनुसन्धान भइरहेको प्रहरी वृत्त गौशालाले जनाएको छ।
यो घटना बारे थप जानकारी आउन बाँकी रहेको छ।
