Local winds over the country westerlies and partial influence of low pressure area around Odisha India 4

काठमाडौँ, देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसकै प्रभावले हाल कोशी, बागमती, र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा छ।

Local winds over the country westerlies and partial influence of low pressure area around Odisha India 4

दिउँसोको अवस्था

आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। यी क्षेत्रका केही स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागमा एक-दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको छ।

रातको अवस्था

राति कोशी प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ। अन्य भूभागमा आंशिक बदली रहे पनि मौसम मुख्यतया सफा रहने अनुमान छ। कोशी प्रदेशका पहाडी क्षेत्रमा एक-दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ।

सतर्कता

कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा हुने सम्भावित हल्का वर्षा र हिमपातले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पार्न सक्ने भएकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *