Local winds over the country westerlies and partial influence of low pressure area around Odisha India 6

काठमाडौँ, देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशका पहाडी क्षेत्रमा आंशिक बदली भए पनि बाँकी भूभागमा मौसम सामान्यतया सफा छ। तराईका केही स्थानमा भने हल्का हुस्सु लागेको छ।

Local winds over the country westerlies and partial influence of low pressure area around Odisha India 6

आज दिउँसो कोशी, बागमती, र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुने अनुमान गरिएको छ। यस्तै, यी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। यस्तै, यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

मौसममा देखिएको यो परिवर्तनले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *