Local winds over the country westerlies and partial influence of low pressure area around Odisha India 5

काठमाडौँ, जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

Local winds over the country westerlies and partial influence of low pressure area around Odisha India 5

सोमबार बिहान कोशी प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली देखिएको छ। बाँकी क्षेत्रको मौसम मुख्यतया सफा रहेको र तराईका केही स्थानमा हल्का हुस्सु लागेको महाशाखाले जनाएको छ।

दिउँसो कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ। अन्य भूभागमा आंशिक बदली भए पनि मौसम मुख्यतया सफा रहनेछ। साथै, कोशी, बागमती, र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ।

रातिको समयमा कोशी, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली हुने अपेक्षा गरिएको छ। अन्य भूभागमा आंशिक बदली भए पनि मौसम सफा रहने महाशाखाको बुलेटिनमा उल्लेख छ।

त्यसैगरी, राति पनि कोशी, बागमती, र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *