काठमाडौं । शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण आएको बाढीका कारण उपत्यकाको जनजीवन प्रभावित भएको छ । सबैभन्दा धेरै भक्तपुरको मनोहरा किनार तथा ललितपुर र काठमाडौंको बागमती किनारमा बाढीको असर परेको छ ।

ललितपुरको युएन पार्क क्षेत्रको सडक डुबानमा परेको छ भने थापाथलीदेखि बल्खुसम्म नदी किनारमा रहेका सुकुम्बासीको घरटहराहरु पनि डुबाएको छ । बल्खुस्थित तरकारी बजार र त्यस वरपरका खाजा पसलहरु पनि डुबाएको छ ।
पानी परिरहेको र नदीमा जलसतह बढिरहेकाले हालसम्म कति घरटहरा र पसलहरु बाढीले डुबाए भन्नेबारे प्रहरीले पनि यकिन विवरण दिन सकेको छैन ।

सडकसमेत डुबानमा परेकाले बागमती करिडोरबाट आवतजावत गर्न कठिन छ । नदी किनारका घर टहरा डुबाएपछि सर्वसाधारणलाई बसोबासकै समस्या देखिएको छ।