पेरिस, फ्रान्समा जारी राजनीतिक अस्थिरताका बीच राष्ट्रपति इमानुएल म्याक्रोनले मध्यमार्गी नेता फ्रान्स्वा बाइरुलाई देशको नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका छन्।

७३ वर्षीय बाइरु, जो मोडेम पार्टीका नेता र मेयर हुन्, प्रधानमन्त्री नियुक्त हुनुअघि राष्ट्रपति म्याक्रोनसँग दुई घण्टा लामो बैठकमा सहभागी भएका थिए।
यसअघि, फ्रान्सका पूर्वप्रधानमन्त्री मिशेल बार्नियरलाई तीन महिनामै पदबाट हटाइएको थियो।
राष्ट्रपति म्याक्रोनले निकट भविष्यमा संसदीय निर्वाचनको घोषणा गरेपछि देशमा राजनीतिक गतिरोध उत्पन्न भएको छ।
यसैबीच, बिहीबार सार्वजनिक एक जनमत सर्वेक्षणमा ६१ प्रतिशत फ्रान्सेली मतदाताले देशको राजनीतिक अस्थिरताप्रति चिन्ता व्यक्त गरेका छन्।
