Former Prime Minister Prachanda calls for a new kind of peoples revolt

काठमाडौँ, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ ढंगको जनविद्रोह सुरु गर्ने संकेत दिएका छन्। गणतन्त्र सेनानी कोषले बुधबार राजधानीमा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उनले जनयुद्ध लडेका शक्तिहरूलाई एकजुट हुन आग्रह गरे।

Former Prime Minister Prachanda calls for a new kind of peoples revolt

प्रचण्डले प्रतिनिधिसभाबाट विद्रोहको नयाँ चरण सुरु गरिसकेको दाबी गर्दै भने, “षड्यन्त्रकारीहरूले जालझेलमार्फत आफ्नो शक्ति अघि बढाएका छन्। अब जनताको तागत देखाउने बेला आएको छ।” उनले क्रान्तिकारी योद्धाहरू र सबै क्रान्तिकारी पार्टीहरूलाई एकजुट गरेर सडकमा विशाल शक्ति प्रदर्शन गर्नुपर्ने आवश्यकता औंल्याए।

उनले माओवादी जनयुद्ध जस्तो व्यवस्थित विद्रोह इतिहासमा कहिल्यै नभएको दाबी गर्दै भने, “दलाल नोकशाह, पुँजीपति, र बिचौलियाहरूले जनयुद्धलाई अपमानित गर्न खोजिरहेका छन्। यस्तो अवस्थामा फेरि एकपटक लड्नुपर्ने बेला आएको छ।”

कार्यक्रममा प्रचण्डले क्रान्तिकारी शक्तिहरूलाई संगठित गरेर षड्यन्त्रकारीहरूलाई परास्त गर्नका लागि आफू दृढ भएर लाग्ने प्रतिवद्धता व्यक्त गरे।

यो अभिव्यक्तिले राजनीतिक वृत्तमा चर्चा सिर्जना गरेको छ। प्रचण्डको यस्तो आह्वानलाई नयाँ राजनीतिक मोडको संकेतका रूपमा हेर्ने विश्लेषण भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *