मोरङ, विराटनगर, प्रहरी प्रशासनले कोशीका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई अनशनस्थलबाटै पक्राउ गरेको छ।

अनशनमा सहभागी ८ जनासँगै कार्कीलाई पनि पक्राउ गरिएको छ, जसपछि स्थिति तनावपूर्ण बनेको छ।
पूर्वमुख्यमन्त्री कार्कीले प्रदेश सरकारसँग ९ बुँदे माग राख्दै मंगलबार दिउँसो ४ बजेदेखि आमरण अनशन सुरु गरेका थिए। प्रशासनले आज दिउँसो ३ बजेदेखि निषेधित क्षेत्र घोषणा गरेको थियो।
कार्कीलाई उनका निवास मोरङ बुढीगंगाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।