काठमाडौँ, नेपाल पत्रकार महासंघको इतिहासमा पहिलो पटक महिला नेतृत्व हुने भएको छ। शुक्रवार सम्पन्न निर्वाचनमा निर्मला शर्मा अध्यक्षमा विजयी हुने निश्चित भएपछि महासंघले पहिलो पटक महिला नेतृत्व प्राप्त गर्ने भएको हो। उनले निकटम प्रतिद्वन्द्वी रमेश विष्टलाई पराजित गर्दै महासंघको नेतृत्व गर्ने निश्चित भएको हो।
केन्द्रीय निर्वाचन समितिका अनुसार निर्वाचनको मतपरिणामको अन्तिम नतिजा आइतबार मात्र सार्वजनिक गरिनेछ। समितिका अनुसार केही स्थानमा अझै मत गणना बाँकी भएपनि निर्मलाको मतान्तर अन्य भन्दा धेरै छ। सबै मत गणना शनिबार राति सकिने र प्रक्रिया पूरा भएपछि निर्वाचितको घोषणा गरिने समितिका एक सदस्यले जानकारी दिए।
निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, उपाध्यक्षमा नितु पण्डित, महासचिवमा रामप्रसाद दाहाल लगायत पदाधिकारीको चयन पनि निश्चित भएको छ। अधिकांश केन्द्रीय सदस्य पदमा सत्ता गठबन्धन निकट उम्मेदवार विजयी हुने निश्चित भएपनि केही पदमा प्रेस सेन्टर निकट उम्मेदवार पनि निर्वाचित भएका छन्।
निर्वाचनमा कांग्रेस र एमाले निकट प्रेस युनियन र प्रेस चौतारीको गठबन्धन थियो, जबकि प्रेस सेन्टरसहितका केही पत्रकार संगठनहरूले पनि तालमेल गरेर निर्वाचनमा सहभागिता जनाएका थिए। तालमेलको परिणामस्वरूप, विष्टलाई प्रेस सेन्टर नेतृत्वले समर्थन गरेका थिए।