काठमाडौं, नेपाल राष्ट्र बैंकले बुधबार एक सूचना जारी गर्दै दसैंको अवसरमा असोज १३ गतेदेखि २२ गतेसम्म नयाँ नोट साट्न सकिने जानकारी दिएको छ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग र बैंकिङ विभागबाट नोट साट्न सकिने छ। साथै, राष्ट्र बैंकको प्रदेशस्थित कार्यालयहरू जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीमा पनि नोट सटहीको सुविधा उपलब्ध हुनेछ। इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट समेत नोट सटही गर्न सकिनेछ।
यसवर्ष, राष्ट्र बैंकले दसैंका लागि नयाँ नोट बाँड्ने सट्टा सुकिला नोट मात्र उपलब्ध गराउने निर्णय गरेको छ।