काठमाडौँ, नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरूको विनियम दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर र बहराइन दिनारको मूल्य थोरै बढेको छ भने अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेत दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ।

राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ ९५ पैसा र बिक्री दर १३४ रुपैयाँ ५५ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ ९३ पैसा र बिक्री दर १३४ रुपैयाँ ५३ पैसा रहेको थियो। हिजो र अस्ती स्थिर रहेको अमेरिकी डलरको मूल्य आज बढेको हो।
युरोपियन युरो १ को आजको लागि खरिद दर १४९ रुपैयाँ ५६ पैसा र बिक्री दर १५० रुपैयाँ २३ पैसा निर्धारण भएको छ, जुन हिजोको तुलनामा केही घटेको हो। हिजो युरो १ को खरिद दर १४९ रुपैयाँ ८९ पैसा र बिक्री दर १५० रुपैयाँ ५६ पैसा थियो।
बेलायती पाउन्ड १ को आजको लागि खरिद दर १७६ रुपैयाँ ६९ पैसा र बिक्री दर १७७ रुपैयाँ ३९ पैसा रहेको छ। हिजो पाउन्ड १ को खरिद दर १७६ रुपैयाँ ९६ पैसा र बिक्री दर १७७ रुपैयाँ ७५ पैसा रहेको थियो।
त्यस्तै, अस्ट्रेलियन डलर १ को आजको लागि खरिद दर ९० रुपैयाँ ६८ पैसा र बिक्री दर ९१ रुपैयाँ ०८ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिद दर ९० रुपैयाँ ९९ पैसा र बिक्री दर ९१ रुपैयाँ ३९ पैसा रहेको थियो।
कुबेत दिनार १ को आजको लागि खरिद दर ४३८ रुपैयाँ ५९ पैसा र बिक्री दर ४४० रुपैयाँ ५६ पैसा रहेको छ, जुन हिजोको तुलनामा कम छ। हिजो कुबेत दिनार १ को खरिद दर ४३९ रुपैयाँ ५५ पैसा र बिक्री दर ४४१ रुपैयाँ ५२ पैसा थियो।
बहराइन दिनारको आजको लागि खरिद दर ३५५ रुपैयाँ ४७ पैसा र बिक्री दर ३५७ रुपैयाँ ०६ पैसा रहेको छ। हिजो बहराइन दिनारको खरिद दर ३५५ रुपैयाँ ४२ पैसा र बिक्री दर ३५७ रुपैयाँ ०१ पैसा रहेको थियो।