Untitled design 45

काठमाडौं, रातभरको वर्षाले भक्तपुरका विभिन्न स्थानहरूमा बाढीको असर पुर्‍याएको छ।

Untitled design 45

आज बिहान करिब पौने ३ बजेतिर सूर्यविनायक नगरपालिकाको पुरानो जगाती पुल नजिकको एक कपास उद्योग र चाँगुनारायण नगरपालिका–८ को एक फर्निचर उद्योगमा बाढीले क्षति पुर्याएको जिल्ला प्रहरी परिसर भक्तपुरका इन्सपेक्टर टेकेन्द्र पौडेलले जानकारी दिए।

पुरानो जगाती पुल नजिकको ठाडो खोलाको बाढी कपास उद्योगमा पस्दा कपास र कपासले बनेका तयारी सिरक–डसनामा क्षति पुगेको छ। यस स्थानमा अनुमानित १० लाख मूल्य बराबरको क्षति भएको प्रहरीको भनाइ छ।

यसैगरी चाँगुनारायण नगरपालिका ८ मा लक्ष्मी प्रजापतिले सञ्चालन गरेको साइन उडन फर्निचरमा व्रह्मायणी खोलाको बाढी पसेको थियो। बाढीले फर्निचर उद्योगका प्लाई र मेसिनलाई १० लाख बराबरको क्षति पुर्याएको प्रजापतिले प्रहरीलाई जानकारी दिएका छन्।

भक्तपुर प्रहरीका अनुसार बाढीले मानवीय र ठूलो भौतिक क्षति पुगेको जानकारी प्राप्त भएको छैन। तर, विभिन्न स्थानमा बस्ती जलमग्न भएका छन्। सधैं डुबान हुने राधेराधे क्षेत्रमा भने ठूलो बाढी देखिएको छैन।

विगत १२ घण्टामा काठमाडौं उपत्यकासहित देशभर वर्षा भएको छ। यस वर्षाको कारण हनुमन्ते, मनोहरा, बागमती, गोदाबरी लगायतका नदी र खोलामा बाढी आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *