Fire in Lalitpur Pharmacy Zumba dance center and shops destroyed

ललितपुर, ललितपुरको बालकुमारीस्थित स्वाभिमान श्रेष्ठको दुईतले घरमा गएराति विद्युत् चुहावटका कारण आगलागी भएको छ। आगलागीबाट पहिलो तलामा रहेको भोजराज भट्टद्वारा सञ्चालित ‘डगेरा फार्मेसी’ पूर्ण रूपमा नष्ट भएको ललितपुर प्रहरीले जनाएको छ।

Fire in Lalitpur Pharmacy Zumba dance center and shops destroyed

आगलागीले श्रेष्ठको घरसँगै रहेको पान पसल, मःम पसल, र ‘जुम्बा डान्स सेन्टर’ पनि जलेर नष्ट भएका छन्। क्षतिको पूर्ण विवरण भने अझै यकिन हुन बाँकी रहेको प्रहरीको भनाइ छ।

आगो निभाउन काठमाडौं र ललितपुरका पाँचवटा दमकल तथा प्रहरी टोली परिचालन गरिएको थियो। एक घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *