Farewell ceremony of Chief of Army Staff Prabhuram Sharma completed

काठमाडौं, प्रधानसेनापति प्रभुराम शर्माले २४ गतेदेखि अनिवार्य अवकाश प्राप्त गर्दै छन्। ४२ वर्षको सैनिक सेवापछि उनले तीन वर्षे प्रधानसेनापतिको कार्यकाल पूरा गरेका छन्।

Farewell ceremony of Chief of Army Staff Prabhuram Sharma completed

बुधबार जङ्गी अड्डामा आयोजित बिदाइ समारोहमा रक्षा सचिव रामेश्वर दंगालले शर्माको योगदानलाई सम्झनायोग्य बताउँदै उनकी बौद्धिकता र रणनीतिक सुझबुझको प्रशंसा गरे।

कायममुकायम प्रधानसेनापति अशोकराज सिग्देललाई नयाँ जिम्मेवारीको बधाई दिँदै रक्षा सचिवले भविष्यमा सेनाको सौहार्दपूर्ण सम्बन्धलाई सुदृढ बनाउने प्रतिबद्धता जनाए।

सिग्देलले शर्माको जीवनशैली र नेतृत्व क्षमताको सराहना गर्दै सेनाको प्रतिष्ठा उचाइमा पु¥याउन गरेको समर्पणलाई कदर गरे।

प्रधानसेनापति शर्माले आफ्नो कार्यकालमा भएको सहयोग र सुझावको कृतज्ञता व्यक्त गर्दै उपहार प्रदान गरे। कार्यक्रमलाई सशस्त्र प्रहरी बलका महानिरीक्षक, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूले समेत सम्बोधन गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *