Excitement in Nepali cricket NPL starts today

काठमाडौँ, नेपाली क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि काठमाडौँमा सुरु हुँदै छ।

Excitement in Nepali cricket NPL starts today

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा उद्घाटन खेल सवा १२ बजे सुरु हुनेछ। पहिलो खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन्।

यो प्रतिष्ठित प्रतियोगितामा आठ फ्रेन्चाइज टोली सहभागी हुँदैछन्। उद्घाटन खेलअघि विशेष समारोह आयोजना हुनेछ।

एनपीएलको ट्रफी भने यसअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराबाट सार्वजनिक गरेका थिए।

क्रिकेटप्रेमीहरूका लागि यो प्रतियोगिता विशेष महत्वको मानिएको छ। मैदानमा दर्शकहरूको बाक्लो उपस्थिति रहने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *