काठमाडौँ, नेपाल राष्ट्र बैंकले आज ३० असोजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको खरिद दर १३४ रुपैयाँ १७ पैसा र बिक्री दर १३४ रुपैयाँ ७७ पैसा कायम गरिएको छ।
अन्य मुद्राहरूमा युरोपियन युरोको खरिद दर १४६ रुपैयाँ २४ पैसा र बिक्री दर १४६ रुपैयाँ ८९ पैसा रहेको छ। युके पाउण्ड स्टर्लिङको खरिद दर १७५ रुपैयाँ ५० पैसा र बिक्री दर १७६ रुपैयाँ २९ पैसा तोकिएको छ। स्वीस फ्रयाङ्कको खरिद दर १५५ रुपैयाँ ६२ पैसा र बिक्री दर १५६ रुपैयाँ ३२ पैसा छ।
अष्ट्रेलियन डलरको खरिद दर ९० रुपैयाँ ५ पैसा र बिक्री दर ९० रुपैयाँ ४५ पैसा छ भने क्यानेडियन डलरको खरिद दर ९७ रुपैयाँ १२ पैसा र बिक्री दर ९७ रुपैयाँ ४५ पैसा निर्धारण गरिएको छ।
जापानी येन १० को खरिद दर ८ रुपैयाँ ९९ पैसा र बिक्री दर ९ रुपैयाँ ३ पैसा, चिनियाँ युआनको खरिद दर १८ रुपैयाँ ८५ पैसा र बिक्री दर १८ रुपैयाँ ९३ पैसा छ। अन्य मध्यपूर्वी मुद्राहरूमा साउदी अरेबियन रियालको खरिद दर ३५ रुपैयाँ ७४ पैसा र बिक्री दर ३५ रुपैयाँ ९० पैसा, कतारी रियालको खरिद दर ३६ रुपैयाँ ८० पैसा र बिक्री दर ३६ रुपैयाँ ९६ पैसा छ।
राष्ट्र बैंकले वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमय दर फरक हुनसक्ने बताउँदै, अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जानकारी दिएको छ।