Untitled design 7

काठमाडौँ, कोशी प्रदेश, मधेस प्रदेशको अधिकांश भू-भाग, र बागमती प्रदेशको पूर्वी भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। अन्य भागमा पश्चिमी वायुको प्रभाव सक्रिय छ।

Untitled design 7

बिहीबार, देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ, जबकि बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने अपेक्षा गरिएको छ। कोशी प्रदेशका थोरै स्थानहरू, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस वर्ष दसैँको अष्टमी/नवमी (२५ गते) र दशमी (२६ गते) का दिनहरूमा कोशी, मधेस, बागमती, र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। यी दिनहरूमा कोशी र मधेस प्रदेशका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै, यस समयमा अधिकांश स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रम सरदरभन्दा थोरै घट्ने सम्भावना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *