काठमाडौं, कोशी, मधेस, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव कायम छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशको पूर्वी र मध्य भागमा भारतको बिहार तथा आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेको छ, जसले गर्दा देशको पहाडी क्षेत्रमा आंशिक बदली देखिएको छ र कोशी तथा बागमती प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारण बदली रहनेछ भने अन्य भूभागमा आंशिक बदली रहँदै मौसम मुख्यतया सफा हुनेछ। कोशी, मधेस, बागमती, र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।
आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारण बदली रहिरहनेछ, भने बाँकी भूभागमा आंशिक बदली रहँदै मौसम मुख्यतया सफा रहनेछ। कोशी, मधेस, र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशका केही स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।
