काठमाडौं, ताप्लेजुङमा भूकम्प गएको छ। बुधबार बिहान पौने २ बजे ताप्लेजुङको तापेथोक आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार, भूकम्पको तीव्रता ४.४ म्याग्निच्युड मापन भएको छ।
भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस गरिएको थियो।
भूकम्पले पुर्याएको क्षतिको विवरण आएको छैन।